धनगढीमा खैरो हिरोइन जस्तो धुलो पदार्थसहित युवक पक्राउ

अत्तरिया- कैलालीको धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-१० जनकल्याण चोक नजिकबाट ६०० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित सोही ठाउँ बस्ने २१ वर्षका वसन्त राना पक्राउ परेका हुन् ।

Karma Consultancy

उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतवार राति पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.