कैलालीमा फरार रहेका दिनेश र वन्दना पक्राउ

अत्तरिया- कैलालीमा दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका दुई जना आइतवार पक्राउ परेका हुन् ।

maya metro hospital

प्रहरीका अनुसार पक्राउ पर्नेमा लागुऔषध मुद्दामा ४ हजार रुपैयाँ जरिबाना ठहर भएका धनगढी उपमहानगरपालिका-१० बस्ने दिनेश राना र विविध मुद्दामा २५ हजार जरिबानाम ठहर भएकी गौरीगंगा नगरपालिका-८ बडैपुर बस्ने वन्दना पुनमगर रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी इकाइहरुबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरी अदालत पेश गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.