अत्तरियामा युवतीहरुलाई ब्युटीपार्लर तालिम, व्यवसायिक बन्न आग्रह

अत्तरिया- अत्तरियामा ब्युटीपार्लर तालिम लिएकाहरुलाई व्यवसायिक बन्न आग्रह गरिएको छ । आइतबार होटेल नमस्तेमा आयोजित एक औपचारिक कार्यक्रममा ब्युटीपार्लर तालिम लिएका युवतीहरुलाई तालिमपश्चात व्यवसायिक बन्न आग्रह गरिएको हो ।

maya metro hospital

सुदूरपश्चिम ब्युटीपार्लर एसोसिएसनकी अध्यक्ष मीना बोहराले तालिममा सहभागी युवतीहरुलाई सीप सिक्नकै लागि मात्र नभई सीप सिकेर व्यवसाय पनि सुरु गर्नुपर्ने बताएकी हुन् । उनले तालिम लिइसकेपछि यसै क्षेत्रमा अगाडि बढ्न तालिमका सहभागीहरुलाई आग्रह पनि गरिन् ।

त्यस्तै, गोदावरी नगरपालिका ब्युटीसियनकी अध्यक्ष दीपिका कुँवरले पहिले पार्लरवाली भनेर हेलाको नजरले हेरिने यो पेशालाई आहिले आएर सबैले बुझेका हुँदा काम गर्न सहज रहेको बताइन् । उनले अहिले पार्लरको राम्रो सम्भावना रहेको बताउँदै तामिपश्चात यही पेशामा लाग्न पनि सुझाइन् ।

attariya hospital

तालिमकी सहभागी आशा विकले तालिमपश्चात अब आफै पनि पार्लर खोल्न सकिने नभए अरु पार्लरमा रोजगार पाइने हुँदा आर्थिक रुपमा सबल बन्न सकिने बताइन् । तालिमकी अर्की सहभागी संगीता रखाल मगरले तामिले आफूहरुलाई आत्मनिर्भर बनाउने कुरामा आफू विश्वस्त रहेको बताइन् । उनले सीप सिकिसकेपछि आर्थिक रुपमा सबल बनिने बताइन् ।

गेदावरी नगरपालिका-२ अत्तरियामा रहेको उपासना ब्युटीपार्लरमा डिप्लोमा कोर्स गरेकाहरुलाई आज एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र विरण गरिएको थियो । पार्लरकी सञ्चालक भावना भट्टले आफूले सानो पूँजीबाट ७ वर्ष अगाडि सुरु गरेको पार्लरमा अहिले प्रशिक्षक भएर तालिम दिइरहेको अनुभव सुनाउँदै तालिम लिएकाहरुले पनि आत्मनिर्भर बन्नुपर्नेमा जोड दिइन् । तालिमका सबै १८ जना सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.