टी–२० क्रिकेट : फाइनलमा नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य

काठमाडौँ- एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेटको फाइनलमा नेपालले गुजरातलाई १ सय ७७ रनको लक्ष्य दिएको छ ।

maya metro hospital

गुजरातको वापीमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाए ।

citizen security services

यस्तै आसिफ शेखले ३४ र कुशल मल्लले १३ बलमा नटआउट ३१ रन बनाए । कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले ७ रन बनाए । बलिङतर्फ गुजरातका जयमीत पटेल, शेम पटेल, तेजस पटेल र जाला युवराजसिन्हले समान १ विकेट लिए ।

attariya hospital

लिग चरणमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो ।

 

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.