कैलालीमा अवैध सामान बरामद

अत्तरिया- कैलालीमा अवैध सामान बरामद गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट भारतबाट भन्सार छली ल्याइएका अवैध सामान बरामभद गरिएको हो ।

maya metro hospital

धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराह नजिक, गोदावरी नगरपालिका-२ तेघरी पहाड रोड र भजनी नगरपालिका-३ कुसमघाटबाट अवैध रुपमा भारतबाट ल्याएका अन्दाजी ५६ हजार ९०० मूल्यको सामान बरामद गरिएको प्रहरीले बताएको छ ।

चिनी, बिडी, सुर्ती, चक्लेट, चियापत्ती, खानेतेल, पानीपुरी, सुट कपडा लगायतका सामान शनिवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.