सुखड – कैलालीको घोडाघोडीबाट ४६० लिटर घरेलु मदिरा बरामद गरिएको छ । शनिबार घोडाघोडी नगरपालिका–१ सुखड, पहलमानपसुर र साडेपानी बजारबाट ४६० लिटर अवैध घरेलु मदिरा बरामद गरिएको हो ।
गोप्य सूचनाका आधारमा पहलमानपुर, सुखड र साडेपानी बजारका विभिन्न होटलहरुमा छापा हान्दा उक्त मदिरा बरामद गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र कुमार पालले जानकारी दिए ।
बरामद गरिएको मदिरा शनिबार जनप्रतिनिधि, व्यापारी र पत्रकारको उपस्थितिमा नष्ट गरिको छ ।