धनगढीमा सामुदायिक कुकुरको बन्ध्याकरण गरिदै

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकामा कुकुरको बन्ध्याकरण गर्न थालिएको छ । उपमहानगरपालिकाले शुक्रबार देखि सामुदायिक कुकुर (भुस्याहा) को बन्ध्याकरण गर्न सुरु गरेको हो । चैत्र २६ गतेसम्म सञ्चालन गरीने बध्याकरण कार्यक्रममा नगर क्षेत्रका ३ सय सामुदायिक कुकुरहरूको बन्ध्याकरण गरिने उपमहानगरले जनाएको छ ।

maya metro hospital

पशु सेवा शाखा प्रमुख डाक्टर समीरकुमार ठाकुरले करिब ७ लाख बजेट खर्च गरेर यो वर्ष तीन सय सामुदायिक कुकुरको बन्ध्याकरण गर्न लागिएको बताए । गत वर्ष भने १५० कुकुरको बन्ध्याकरण गरिएको थियो । उपमहानगरपालिकाले हरेक वर्ष सामुदायिक कुकुरको बन्ध्याकरण गर्दै आएको छ ।

सामुदायिक कुकुरहरूको संख्या नियन्त्रण गर्न र कुकुरबाट हुने समस्या रोक्न हरेक वर्ष बन्ध्याकरण शिविर आयोजना गरिँदै आएको छ । हरेक वर्ष सामुदायिक कुकुरको बन्ध्याकरण गर्न बजेट बढाउँदै लग्ने र समुदायमा रहेका छाडा कुकुरहरूको संख्या नियन्त्रण गर्ने उपमहानगरपालिकाको उद्देश्य रहेको पशु सेवा शाखा प्रमुख प्रमुख ठाकुरले बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.