बैतडी – बैतडीका एक युवक मृत फेला परेका छन् । पुर्चाैडी नगरपालिका–५ दहताल टोलका ३० वर्षिय जगदिश बोहरा शनिबार मृत फेला परेका हुन् ।

बोहरा आफ्नै घर भित्र झुण्डीएको अवस्थामा मृत भेटिएका पुर्चौडी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नागिसिंह खडायतले जानकारी दिए ।

झण्डै १० वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा बसेका बोहरा गत पौस महिना मात्रै नेपाल फर्किएका थिए ।

मृतक बोहराको घरमा श्रीमती र एक छोरा रहेका छन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
