कैलालीमा पेस्तोलसहित २ जना पक्राउ

धनगढी– कैलालीमा पेस्तोलसहित २ जना पक्राउ परेका छन्। शुक्रवार मोहन्याल गाउँपालिका–६ सोल्टा बजार बस्ने धनादेवी शाहीको घरबाट पेस्तोलसहित २ जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा मोहन्याल गाउँपालिका– ७ कुईने बस्ने १८ वर्षीय विकास नेपाली र सुर्खेत पञ्चपुरी नगरपालिका–११ बस्ने १८ वर्षीय उपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

maya metro hospital

उनीहरूलाई विशेष सूचनाको आधारमा घर खानतलासी गर्दा १ थान रिबल्बर (पेस्तोल) सहित पक्राउ गरिएको थियो । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.