अत्तरिया- कञ्चनपुरमा प्रहरीले अवैध सामान बेवारिसे अवस्थामा फेला पारेको छ । शुक्रवार अन्दाजी १ लाख १४ हजार १३ मूल्यको सामान प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको हो ।
भीमदत्त नगरपालिका-१० विद्युत कार्यालय अगाडि र भीमदत्त-११ चौकीसत्ताबाट उक्त मूल्यको भेस्ट, गम्छा, बलौज, सुट, गन्जी, झुल, टेबुल पंखा, चिनी, मिश्री आदि सामानहरु बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको प्रहरीले बताएको छ ।
बरामद सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।