बरोडासँग नेपाल ३७ रनले पराजित

काठमाडौँ- भारतमा चलिरहेको एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा लिगको अन्तिम खेलमा नेपाल बरोडासँग ३७ रनले पराजित भएको छ ।

maya metro hospital

बरोडाले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल १८ ओभर ४ बलमा १ सय १९ रनमा अल आउट भयो । नेपालका सन्दीप जोराले सबैभन्दा धेरै ५६ रन बनाए । यस्तै विवेक यादवले १७ र कुशल भुर्तेलले १६ रन जोडे । बलिङतर्फ बरोडका ध्रुव पटेलले ४ र लक्षित तोक्सियाले ३ विकेट लिए ।

यसअघि गुजरातको वापीमा टस जितेर ब्याटिङ गरेको बरोडाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनायो । बरोडाका शाश्वत रावतले ३१, ध्रुव पटेलले २९ रन बनाए । बलिङतर्फ नेपालका गुल्सन झा र करण केसीले समान २ विकेट लिए ।

attariya hospital

नेपाल यसअघि नै लगातार तेस्रो जितसहित फाइनलमा पुगिसकेको छ । अस्ति बुधवार भएको खेलमा नेपालले गुजरातलाई ८ रनले हराएको थियो । त्यसअघिका खेलमा नेपालले बरोडालाई २७ रनले र गुजरातलाई ८ विकेटले हराएको थियो ।

अब नेपालले फाइनलमा गुजरातसँग खेल्नेछ । टी–२० क्रिकेट शृङ्खलाको फाइनल खेल पर्सि आइतवार हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.