काठमाडौँ- आयरल्यान्ड ‘ए’ टोलीसँगको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालको ‘ए’ टोलीले लज्जास्पद हार बेहोरेको छ । नेपाल ‘ए’ ११४ रनले पराजित भयो ।


आयरल्यान्ड ‘ए’ ले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १६ ओभर ५ बलमा ६० रनमै अल आउट भयो । नेपालका भीम सार्कीले सबैभन्दा धेरै १७ रन बनाए । यस्तै कप्तान विनोद भण्डारीले १६ रन बनाए । अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गरेनन् । बलिङतर्फ आयरल्यान्ड ‘ए’ का म्याथ्यु हमफ्रेसले ६ विकेट लिए ।

योसँगै आयरल्यान्ड ‘ए’ ले तीन खेलको शृङ्खला एक खेलअघि नै जितेको छ । पहिलो खेलमा नेपाल ‘ए’ २१ रनले पराजित भएको थियो । शृङ्खलाको अन्तिम खेल पर्सि आइतवार हुनेछ । यसअघि नेपाल ‘ए’ टोलीसँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला आयरल्यान्ड ‘ए’ ले २–१ ले जितेको थियो ।
