जब दुर्घटनास्थल पुगेका बैतडीका पत्रकार विष्टले आफ्नै बुबाको शव देखे…

बैतडी- बैतडीमा हिजो राति भएको ट्र्याक्टर दुर्घटनामा पत्रकार कृष्ण विष्टका बुबाको निधन भएको छ । पाटन नगरपालिका-१० पनालीका पत्रकार विष्टका बुबा ५० वर्षीय मानबहादुर विष्टको दुर्घटनामा निधन भएको हो ।

maya metro hospital

हिजो राति ११ बजेतिर पाटन नगरपालिका–८ झौलेक मोडमा से२त ३६७८ नम्बरको ट्र्याक्टर दुर्घटना भयो । दुर्घटनाको जानकारी पाएपछि पाटनको खोड्पेमा बसेर पत्रकारिता गरिरहेका कृष्णले समाचार तयार पारे ।

उनले समाचार लेख्दासम्म प्रहरीबाट ट्र्याक्टर चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका ३० वर्षीय राजेश चौधरी र अर्का एक जनाको मृत्यु भएको भन्ने जानकारी पाएका थिए । अन्नपूर्ण पोस्ट र एपीवान टेलिभिजनका बैतडी सम्वाददाता समेत रहेका विष्टले उक्त समाचार खोड्पेमै आफू कार्यरत रेडियो सेभेन स्टारमा पनि पढे ।

attariya hospital

समाचार पढेपछि थप रिपोर्टिङका लागि दुर्घटनास्थल पुगेका उनले आफ्नै बुबाको शव देखे । दुर्घटनाका अर्का मृतक उनकै बुवा थिए । उनका बुबा सुर्नया क्षेत्रमा काठको काम गर्थे । कृष्णले बुबा फर्किरहेका छन् भन्ने पनि थाहा पाएका थिएनन् ।

 

 

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.