बैतडीको पाटनमा महिनाको अन्तिम शनिवार हाटबजार लाग्ने

बैतडी- बैतडीको पाटनमा हरेक महिनाको अन्तिम शनिवार हाटबजार लाग्ने भएको छ । बिहीवार बसेको पाटन बजार व्यवस्थापन समिति बैठकको निर्णयअनुसार नयाँ वर्ष वशाखदेखि महिनाको अन्तिम शनिवार हाटबजार लाग्ने भएको हो ।

maya metro hospital

पाटन नगरपालिका-६ मा पर्ने खुल्ला मञ्चमा हाटबजार लाग्ने र हाटबजारका दिन पाटन बजार पूर्णरुपमा बन्द गर्ने निर्णय पनि भएको बजार व्यवस्थापन समिति अध्यक्ष खेमराज भट्टले बताए । त्यसैगरी आउँदो वैशाखदेखि महिनाको पहिलो शनिवार पनि बजार बन्द हुने बताइएको छ ।

हाटबजारमा विशेष गरी स्थानीय किसान र स्थानीय उत्पादनलाई प्राथमिकता दिइने बताइएको छ । जसले गर्दा स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुग्ने अपेक्षा लिइएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.