नेपाल आइडल रवि ओडविरुद्ध बलात्कार मुद्दा दर्ता

अत्तरिया – नेपाल आइडल रवि ओडविरुद्ध बलत्कार मुद्दा दर्ता भएको छ । कञ्चनपुरको कृष्णपुरका ओडमाथि उनकै श्रीमतीले बलात्कार मुद्दा दर्ता गरेकी हुन ।

maya metro hospital

ओडविरुद्ध चैत्र २१ गते इलाका प्रहरी कार्यालय झलारीमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । मुद्दा परेपछि उनको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय झलारी प्रहरी निरिक्षक इश्वर थापाले बताएका छन ।

हाल रवि वड कार्यक्रमको शिलसिलामा विदेशमा रहेको पारिवारीक श्रोतले जनाएको छ । रविले चैत्र १४ गते कैलालीको गोदावरीकी युवतीसँग कानुनी विवाह गरेका थिए । विहे हुनुअघि दुवैजना विगत डेढ वर्षदेखि लिभिङटुगेदरमा रहेका थिए ।

attariya hospital

ती युवतीसँग रविले नेपाल आइडल हुनअघि नै मङ्गेतर गरेका थिए । यसअघि चैत्र १३ गते पनि वडले ती युवतीलाई कुटपिट गरेपछि इलाका प्रहरी कार्यालयमा गुलरीयामा सहमति गरी छाडिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.