कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद

अत्तरिया- कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराह नजिकबाट अवैध रुपमा भारतबाट ल्याएका अन्दाजी १८ हजार २० मूल्यको प्याज, चिनी, सुपारी, सरफ, सुर्ती लगायतका सामान बिहीबार राति प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

maya metro hospital

त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका-५ सुकासाल र बेलौरी नगरपालिका-१० भुडाबाट अवैध रुपमा भारतबाट ल्याएका ६८ हजार ३३० मूल्य बराबरको हेण्ड बेग, कस्मेटीक सामान, तरकारी लगायतका सामान बिहीबार प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको प्रदेश प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.