
कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरस्थित ओपेरा होटेलको क्यासिनोमा आगलागी भएको छ । बिहीवार बिहान भीमदत्त नगरपालिका-४ स्थित होटेल ओपेराको माथिल्लो तलामा रहेको सिएमजी ग्यामिङ क्लब (क्यासिनो)मा आगलागी भएको हो ।

विद्युतको तार सर्ट भई आगलागी भएको र आगलागीबाट ८० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ ।घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
