अत्तरियामा ५ दिने अचार बनाउने तालिम सम्पन्न

अत्तरिया – कैलालीको अत्तरियामा ५ दिने अचार बनाउने तालिम सम्पन्न भएको छ । गोदावरी नगरपालिका – १ को सहयोगमा दलित महिला कृषक बचत समूहले आयोजना गरेको तालिम बिहीबार सम्पन्न भएको हो । तालिममा वडा नम्बर १ का २५ जना दलित महिलाहरूको सहभागिता रहेको थियो । तालिममा सहभागीलाई वडा अध्यक्ष गोपाल दत्त भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रमका बिच प्रमाणपत्र वितरण गरिएको थियो ।

maya metro hospital

समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष भट्टले तालिममा सिकेका सिप व्यवहारमा लागू गर्न आग्रह गरे । उनले तालिम छोटो अवधिको भए पनि त्यसलाई व्यवहारमा लागु गरे त्यस्ता उद्यमीलाई वडाले थप सहयोग गर्ने बताए ।

समापन कार्यक्रममा बोल्दै दलित महिला कृषक बचत समूहकी अध्यक्ष राजु विकले दलित महिलालाई आत्मनिर्भर बनाउन तालिमले सहयोग पुगेको बताइन् । उनले दलित महिलाहरूलाई आत्मनिर्भर बनाउनको लागि आगामी दिनमा पनि वडाबाट सहयोग अपेक्षा लिएको बताइन् ।

attariya hospital

तालिम चैत्र १८ गतेदेखि सुरु भएको थियो । तालिमको प्रशिक्षकको रूपमा धर्मा देवी धामी रहेकी थिइन । उनले सहभागीलाई ४ किसिमका अचार बनाउने तालिम दिएको बताइन् । तालिमका लागि वडा कार्यालयले ५० हजार सहयोग गरेको थियो ।

भिडियो

 

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.