कञ्चनपुरमा लागुऔषधसहित ३ जिल्लाका ३ युवक पक्राउ

अत्तरिया- कञ्चनपुरमा लागुऔषधसहित तीन युवक पक्राउ परेका छन् । कञ्चनपुरसहित कैलाली र दार्चुलाका तीन युवक पक्राउ परेका हुन् ।

Karma Consultancy
belauri nagarpalika

कञ्चनपुरको बेलौरी नगरपालिका-४ बाट १.०४ ग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित जिल्ला धनगढी उपमहानगरपालिका-१३ बस्ने २५ वर्षका सचिन राना र गोदावरी नगरपनलिका-५ बस्ने २२ वर्षका जीवन चौधरीलाई बुधबार राति पक्राउ गरेको प्रहरीले बताएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले उक्त पदार्थ र एक थान मोटरसाइकल सहित पक्राउ गरेको बताएको छ ।

citizen security services

पुनर्वास नगरपालिका-११ डोके बजारबाट लागुऔषध नाइट्राजेपाम १५ ट्याब्लेटसहित दार्चुलाको महाकाली नगरपालिका-५ गल्फै बस्ने २३ वर्षका विनोद ठगुन्नालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी परासनबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रदेश प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.