कञ्चनपुरका स्थानीय भारतीय एसएसबीबाट आजित, उखु गोड्दा समेत अवरोध

सन्तोष पन्त, बेलौरी- कञ्चनपुरको बेल्डाँडीमा उखु गोडाइ गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको छ । बिहीवार जिल्लाको दक्षिणी सिमावर्ती क्षेत्र सीमा स्तम्भ ३३ नम्बर नजिकै बेल्डाँडी गाउँपालिका-३ बैबाहमा १७ कट्ठा जमिनमा लगाइएको उखु गोडाइ गर्दा बेलौरी नगरपालिका-१० भुडाका बलिराम चौधरीलाई एसएसबीको गस्ती टोलीले रोकेको हो ।

maya metro hospital

‘उखु गोडाइ गर्दा एसएसबीले नगर्न भन्यो,’ किसान चौधरीले भने, ‘नेपाल सरकारले उपलब्ध गराएको लालपुर्जा भएको जमिनमा उखु लगाएको छु, एसएसबीले आएर त्यो जमिनमा खनजोत नगर्न भने, गरे खेती नोक्सान गरिने धम्की दिए ।’

चौधरीको सिमावर्ती क्षेत्र भुडा र बैबाहमा पुर्जावाला दुई बिघाभन्दा बढी जमिन छ । उक्त जमिन स्ट्रिप नक्साअनुसार भारतमा परेको भन्दै एसएसबीले दु:ख दिने गरेको उनले गुनासो गरे । ‘एसएसबीले पटकपटक अवरोध जनाउँछ, नेपाल सरकारले सहज वातावरणमा खेती गर्न पहल गरोस्’, चौधरीले भने । चौधरीले एसएसबीको गस्ती टोलीले अवरोध गरेपछि सशस्त्र प्रहरी बल बिओपी भुडामा खबर गरेका थिए । बिओपी भुडाका अनुसार सशस्त्रको टोली पुग्दासम्म एसएसबीको गस्ती टोली गइसकेको थियो ।

attariya hospital

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ शैलेस्वरी गण कञ्चनपुरका प्रमुख एसपी खगेन्द्र चन्दले एसएसबीको नयाँ गस्ती टोली भएकाले अवरोध गरेको बताउँदै स्ट्रिप नक्साको विवाद समाधान नहुञ्जेल जुन भाग जसले चलनभोग गरिरहेका छ्न् उसैले चलनभोग गर्ने दुबै देशका सुरक्षाकर्मीबिच समझदारी भएको विषयमा अवगत गराई सहज वातावरण बनाउन बिओपी भुडामा खबर गरिएको बताए ।

भुडा र बैबाहमा मात्रै ५०/६० बिघा जति पुर्जावाला जमिन स्ट्रिप नक्साले भारतमा परेको देखाउँछ । स्ट्रिप नक्साले जिल्लाको दक्षिणी सिमावर्ती क्षेत्रमा सयौँ बिघा जमिन, हुलाकी सडक, नहर, प्याराताल भारतमा परेको देखाउँछ । जसकारण सिमावर्ती क्षेत्रमा पटकपटक एसएसबीले दु:ख दिने गरेको छ । दुबै देशका सुरक्षाकर्मीबिच स्ट्रिप नक्साको भू-भाग उपभोग सम्बन्धी समझदारी भएको भएपनि बेलाबेला भारतीय पक्षले अवरोध सिर्जना गर्दै आइरहेको छ

धेरै नेपाली भू-भाग भारतमा र केही भारतीय भू-भाग नेपालमा पर्ने गरी करिब २ दशकअघि स्ट्रिप नक्सा तयार पारिएको जानकारहरु बताउँछन् । स्ट्रिप नक्साको विवाद दुबै देशले समयमै हल गरी सिमावर्ती क्षेत्रमा सहज वातावरण बनाउन आवश्यक देखिन्छ ।

No description available.

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.