पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना

दैलेख- पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुल्लू नगरपालिका–३ पालीमा दुर्घटना भएको छ । नेपालगञ्ज, सुर्खेत हुँदै कर्णाली राजमार्ग भएर भैरवी गाउँपालिकाको जलजले आयोजनास्थल जाँदै गरेको ट्रक हिजो दुर्घटना भएको हो ।

maya metro hospital

प्रहरीले सडक साँघुरो र ट्रक ठूलो हुँदा दुर्घटना भएको बताएको छ । सडक चौडा पार्ने कम्पनीले सडकमै ढुङ्गाहरु छोड्दा ट्रक पल्टिएको र दुईवटा क्रेनको सहायताले उठाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.