धनगढी – कञ्चनपुरबाट लागुूऔषध सहित एक युवक पक्राउ परेका छन । लागूऔषध सहित भीमदत्त नगरपालिका–४ बसपार्कबाट ३४ दशमलव १ ग्राम खैरो हेरोईनसहित सोही नगरपालिका–१५ निम्बुखेडा बस्ने ३० वर्षीय भुवन शाहु पक्राउ परेका हुन ।
उनलाई लागुऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरले ३४ ग्राम खैरो हेरोईनसहित नियन्त्रणमा लिएको थियो ।
उनको साथबाट नगद ८ हजार रूपैयाँ र मोबाइल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।