कञ्चनपुरमा ट्राफिक जरिवाना मेशिनबाटै तिर्न सकिने

कञ्चनपुर – ट्राफिक प्रहरीले जरीवाना वापतको पैसा तिर्न डिजिटल मेशिन सञ्चालनमा ल्याएको छ । बुधबारदेखि जिल्लाको भीमदत्त नगरपालिकाको महेन्द्रनगर, पुनर्वास नगरपालिकाको त्रिभुवनवस्ती र बेलौरी नगरपालिकाको बेलौरीमा गरी तीन ठाउँमा उक्त मेशिन सञ्चालनमा ल्याएको हो ।

maya metro hospital

अब ट्राफिक नियम विपरित सवारीसाधन चलाउँदा जरिवाना तिर्नका लागि बैंकमा धाउनुपर्दैन । ट्राफिक प्रहरी कार्यालयमै रहेको मेशिनमा पैसा हालेपछि जरिवाना तिरेको रसिद प्राप्त हुनेछ ।

lotus school

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक नरेश विकका अनुसार प्रभु बैंक र प्रदेश ट्राफिक प्रहरी कार्यालयको सहयोगमा उक्त मेशिन सञ्चालनमा ल्याएको हो । पहिलो चरणमा तिन स्थानमा मात्रै जडान गरिएपनि निकट भविश्यमै गड्डाचौकी र दोधारा चाँदनीमा पनि मेशिन राखिने उनले बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.