अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन गरिनुपर्नेमा जोड

अत्तरिया – राज्यले अपांगता भएका व्यक्तिहरुका लागि व्यवस्था गरेको अधिकार कार्यान्वयन गरिनुपर्नेमा जोड दिईएको छ । बुधबार कैलालीको गोदावरी नगरपालिकामा स्थानीय तहमा लैंगिक तथा अपांगता उत्तरदायी नीति, बजेट तथा योजना तर्जुमाका विषयमा आयोजित अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले उक्त कुराहरुमा जोड दिएका हुन ।

Karma Consultancy

कार्यक्रमका सहभागीहरुले अझै पनि अपांगताका नाममा छुट्याईएका सेवासुविधाहरुको पहुँच र प्रयोगमा अपांगता भएका व्यक्तिहरु नरहेको बताएका थिए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता रमेश ताम्राकारले अपांगता भएका व्यक्तिहरुलाई राज्यले हेर्नुपर्ने बताए । उनले अपांगता भएका व्यक्तिका लागि राज्यले व्यवस्था गरेको अधिकारको पहुँचमा सबै अपांगता भएका व्यक्तिहरु रहने गरी व्यवस्था गरिनुपर्ने बताए । उनले उक्त अधिकारको कार्यान्वयन गर्न सरकारले पहलकदमी थाल्नुपर्ने बताए । यस्तै उनले राज्यको बजेटको केही प्रतिशत रकम अपांगता भएका व्यक्तिहरुका लागि छुट्याईनु पर्ने उनको भनाई छ ।

citizen security services

अपांग एकता समाज कैलालीका कोषाध्यक्ष दल बहादुर नेपालीले अपांगता भएका व्यक्तिलाई हेर्ने समाजको दृष्ट्रिकोणमा पनि परिवर्तन गर्न जरुरी रहेको बताए । उनले स्थानिय तह आएसँगै सरकारले त्यस्ता कुरामा पहलकदमी थाल्नुपर्ने उनले बताए । निर्वाचनका समयमा मात्रै अपांगता भएका व्यक्तिहरुलाई हेर्ने तर काम गर्नुपर्ने समयमा त्यस्ता व्यक्तिहरुलाई मतलब नगर्ने परिपाटी अहिलेका नेताहरुमा रहेको उनले बताए । उनले अपांगता भएका व्यक्तिहरुलाई अधिकार दिईएको भएपनि कार्यान्वयन भने हुन नसकेको बताए । उनले अपांगताका हक अधिकारहरुको कार्यान्वयनमा राज्यले पनि सहयोग गर्न जरुरी रहेको बताए ।

attariya hospital

राष्ट्रिय अपांग महासंघ सुदूरपश्चिमका सचिव नरदिप धामीले राज्यका संरचनाहरु अपांग मैत्री बन्न जरुरी रहेको बताए । उनले गोदावरी नगरक्षेत्र भित्र रहेका केही संरचनाहरु अपांग मैत्री बनेपनि केहीको अवस्था अझै पनि त्यस्तै रहेकाले तत्कालै त्यस्ता क्षेत्रहरुलाई पनि अपांगमैत्री बनाईनुपर्ने बताए ।

belauri nagarpalika

कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्टले गोदावरी नगरपालिकाले संविधानमा टेकेर अपांगता भएका व्यक्तिहरुका लागि काम गरिरहेको बताए । उनले नगरले अपांगता भएका व्यक्तिहरुका लागि बजेटमा पनि व्यवस्था गर्ने गरेको बताए । उनले अपांगता भएका व्यक्तिहरुका मागका आधारमा नगरले परिस्थीति अनुसार बजेट छुट्याउन सक्ने बताए । उनले सिमित स्रोत साधनका बिच सम्पुर्ण नागरिकहरुका पहुँचमा पुग्ने गरी काम गर्नुपर्ने भएकाले अनिवार्य आवश्यकताका आधारमा योजनाहरु माग गर्न आग्रह गरे । उनले आवश्यकता देखिएको अवस्थामा बजेटको परिधी भित्र रहेर नगरले काम गर्ने बताए ।

अपांग एकता समाज कैलाली र नेपाल अपांग महिला संघ कैलालीले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेको थियो । युएन वुमनको आर्थिक सहयोगमा आयोजित कार्यक्रमलाई गोदावरी नगरपालिकाको सहकार्य र राष्ट्रिय आदिवासी जनजाती अपांग महिला संघ नेपालले समन्वय गरेको थियो । अपांग एकता समाज कैलालीका अध्यक्ष अनिल मल्लको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रमुख प्रशासकिय अधिकृत भट्ट रहेका थिए । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, वडासदस्य, कार्यपालिका सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

अपांगताका सवालमा ज्ञापन पत्र

यसैबिच अपांगताका सवालमा गोदावरी नगरपालिकाका जनप्रतिनिधि तथा प्रमुख प्रशासकिय अधिकृतलाई ज्ञापन पत्र बुझाईएको छ । अपांगताको हकहितका लागि गठन भएका विभिन्न ६ वटा संघसंस्थाहरुले नगरपालिकाका सबै जनप्रतिनिधि तथा प्रमुख प्रशासकिय अधिकृतलाई १० बुदे ज्ञापन पत्र बुझाएका हुन ।

उक्त ज्ञापन पत्रमा नगरपालिकामा अपांगता भएका व्यक्तिहरुलाई सेवा प्रवाह गर्न हेल्प डेस्कको व्यवस्था गरिनुपर्ने, नगरभित्रका सार्वजनिक सेवाका भौतिक संरचनाहरु पुर्ण रुपमा सबैका लागि पहुँचयुक्त बनाईनुपर्ने, अपांगता भएका व्यक्तिहरुलाई लक्षित गरी योग्यता र क्षमतको आधारमा रोजगारी तथा आयआर्जनका अवसर सृजना गरिनुपर्ने, नगरका सम्पुर्ण गतिविधिहरुमा समान र अर्थपुर्ण सहभागिताको सुनिश्चितता हुनुपर्ने, नगरक्षेत्र रहेका अपांगता भएका व्यक्तिहरुलाई यातायातमा रहेको छुटको व्यवस्थालाई अनिवार्य कार्यान्वयन गराईनुपर्ने लगायत रहेका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.