अब धनगढीमा पनि पठाओको ‘बाइक राइड’ सेवा

धनगढी- राइड सेयरिङ व्यवसाय कम्पनी पठाओले कैलालीको धनगढीमा पनि ‘बाइक राइड’ सेवा विस्तार गर्दैछ । पठाओ नेपालका प्रबन्ध–निर्देशक असिममानसिंह बस्न्यातले मुलुकभर सेवा विस्तार गर्ने नीतिअनुसार धनगढीमा पनि सेवा विस्तार गर्न लागिएको बताए ।

maya metro hospital

नजिकैको एक सहरबाट अर्को सहरमा जान इन्टरसिटी बुकिङसमेत गर्न मिल्ने गरी पठाओको सेवा विस्तार गर्न लागिएको बताइएको छ । यसका लागि बाइक राइडर दर्ताको प्रक्रिया पनि सुरु भएको छ ।

राइडर बन्न इच्छुकले नवीकरण भएको लाइसेन्स, बिलबुक र इन्स्योरेन्स कागजातसहित आबद्धताका लागि आवेदन दिन कम्पनीले आह्वान गरेको छ ।

attariya hospital

नेपालकै पहिलो र सबैभन्दा बढी रकमको राइड सेयरिङ बिमा भएको पठाओले दुर्घटना भई मृत्यु भए वा अंगभंग भएमा १० लाख रुपैयाँसम्म र उपचार लागि एक लाख रुपैयाँसम्मको बिमाको व्यवस्था गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.