खाेज्नुहाेस

कमल ऐरीको ह्याट्रिक, आयरल्यान्ड ‘ए’ १५७ रनमा अलआउट

Image

काठमाडौँ- तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ टोलीलाई १ सय ५८ रनको लक्ष्य दिएको छ ।

navjiwan hospital

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ३८ ओभर ३ बलमा १ सय ५७ रनमा अल आउट भयो । आयरल्यान्ड ‘ए’ का केड कारमाइकलले सबैभन्दा धेरै ५१ रन बनाए । यस्तै कप्तान निल रकले ३९ रन जोडे ।

attariya hospital

बलिङतर्फ नेपालका कलमसिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिए । ऐरीले ३८ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा विकेट लिए । यस्तै शाहब आलम र मौसम ढकालले समान दुई विकेट लिँदा रिजन ढकालले एक विकेट लिए ।

एकदिवसीय क्रिकेट शृङ्खलाको दोस्रो खेल शुक्रवार र अन्तिम खेल आइतवार हुनेछ । यसअघि नेपाल ‘ए’ टोलीसँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला आयरल्यान्ड ‘ए’ ले २–१ ले जितेको थियो ।