कञ्चनपुरमा १ हजार जरिबाना सुनाइएका ३ जना २१ वर्षपछि पक्राउ

belauri nagarpalika

अत्तरिया- कञ्चनपुरमा जमिन सम्बन्धी मुद्दामा फरार रहेका ३ जना प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका-३ जमुनाघारीका बहादुरे चौक्याल, जयमती चौक्याल र लक्ष्मण चौक्याल मंगलबार पक्राउ परेका हुन् ।

Karma Consultancy

प्रहरीका अनुसार उनीहरुलाई जिल्ला अदालत कञ्चनपुरले २०५९ माघ ८ गते जनही १ हजार रुपैयाँ जरिबाना सुनाएको थियो । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको टोलीले पक्राउ गरी तीनै जनालाई जिल्ला अदालत कञ्चनपुर पेश गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.