कैलालीमा ४ जना फरार प्रतिवादी पक्राउ

अत्तरिया- कैलालीमा ४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका ४ जना मंगलबार पक्राउ परेका हुन ।

Karma Consultancy
belauri nagarpalika

प्रहरीका अनुसार पक्राउ पर्नेमा चेक अनादर मुद्दामा १ हजार रुपैयाँ जरिवाना ठहर भएका जोशीपुर गाउँपालिका-१ बस्ने दिलिपसिंह बोहरा, ठगी मुद्दामा १ महिना २७ दिन कैद सजाय ठहर भएका कैलारी गाउँपालिका-९ बस्ने शिवकुमार चौधरी, अपहरण तथा शरीर बन्धक मुद्दामा ३ वर्ष कैद सजाय ३० हजार जरिवाना ठहर भएका कैलारी गाउँपालिका-८ बस्ने राजेश चौधरी र सोही मुद्दामा ३ वर्ष कैद सजाय र १० हजार जरिवाना ठहर भएका कैलारी-८ कै सिताराम चौधरी रहेका छन् ।

citizen security services

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी इकाइहरुबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रदेश प्रहरीले जनाएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.