कञ्चनपुरको शिवशक्ति होटेलबाट लागुऔषधसहित २ जना पक्राउ

अत्तरिया- कञ्चनपुरको भीमदत्त नगरपालिका-४ मा रहेको न्यु शिवशक्ति होटेलको कोठाबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको केदारस्युँ गाउँपालिका-६ बस्ने २४ वर्षका गोविन्दबहादुर धामी र रुकुम सानोभेरी गाउँपालिका-३ बस्ने ३४ वर्षका गोपाल पुन रहेका छन् ।

maya metro hospital

उनीहरुलाई १ किलो ५४४ ग्राम लागुऔषध चरेश जस्तो देखिने कालो पदार्थसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले मंगलबार पक्राउ गरेको बताएको छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.