अत्तरियामा ६७औँ सहकारी दिवस मनाइयो

अत्तरिया– कैलालीको अत्तरियामा सहकारी दिवस मनाइएको छ । गोदावरी नगरपालिका र कोअपरेटिभ्स मेनेजर्स क्लबले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरी ६७औ सहकारी दिवस मनाएका हुन् । दिवसका अवसरमा नगरपालिका र कोअपरेटिभ्स मेनेजर्स क्लबले ¥यालीको आयोजना गरेको थियो । सो ¥यालीले अत्तरिया बजारको परिक्रमा गरे पश्चात पतञ्जली योग समितिको सभाहलमा औपचारीक कार्यक्रम गरिएको थियो ।

Karma Consultancy

क्लबका गोदावरी नगर संयोजक शेर बहादुर बोगटीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका सहकारी शाखा प्रमुख दिव्यराज जोशी रहेका थिए भने विशिष्ठ अतिथिमा क्लबका कैलाली सचिव अमर कुँवर रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशीले पछिल्लो समय सहकारीका बारेमा फैलिएको नकारात्मक धारणाले यहाँका सहकारीहरु पनि ग्रसित हुन पुगेको बताए । उनले पुर्वतिरका सहकारीहरुका कारण यहाँका सहकारीहरुले पनि समस्या भोग्नुपरेको बताए ।

citizen security services

‘विराटनगर, काठमाण्डौ, पोखरा लगायतका ठुला शहरहरुका सहकारीहरु पनि समस्याग्रस्त छन’ उनले भने ‘अपराध उनिहरुले गरेका छन, अभियुक्तमा हामीलाई राखिएको छ, जबकी हामीले अपराध गरेकै छैनौ ।’ केही भ्रष्ट सञ्चालक समितिका पदाधिकारी, कर्मचारीका कारण सहकारीहरु बद्नाम भैरहेको उनले बताए । उनले सुदूरपश्चिमका कुनै पनि सहकारीहरु अहिले सम्म बद्नाम नभएको समेत बताए । उनले सहकारीको सिद्धान्त अनुरुप अगाडी बढे सहकारीहरु कहिले पनि नडुब्ने बताए ।

attariya hospital
belauri nagarpalika

कार्यक्रममा बोल्दै क्लबका कैलाली जिल्ला सल्लाहकार प्रकाश कुमार जोशीले सहकारीका बारेमा बजारमा फैलिएका नकारात्मक टिप्पणीहरुले सुदूरपश्चिमका सहकारीहरुलाई प्रभाव नपारेको बताए । उनले बाहिरबाट आएका केही खराब प्रवृत्तिका सहकारीका कारण समग्र सहकारी जगत नै बद्नाम भैरहेको बताउदै त्यस्तो होहल्लाका पछि नलागी सहकारीको बारेमा बढी भन्दा बढी आफुले जानकारी राख्न सदस्यहरुलाई अनुरोध गरे ।

उनले सदस्यहरुले सहकारीका बारेमा जानकारी लिएर सहकारी प्रति विस्वास राखे कुनै पनि बाह्य शक्तिले सहकारीलाई कमजोर पार्न नसक्ने बताए । उनले सरकारले सहकारीका निमित्त ऐन ल्याउन थालेको समेत बताए । उनका अनुसार उक्त ऐन कार्यान्वयनमा आए खराब प्रवृत्तिमा चलिरहेका सहकारीहरु भताभंग हुनेछन र राम्रो प्रवृत्ति लिएर चलिरहेका सहकारीहरु विस्तारै अगाडी बढ्दै जानेछन । छरिएर रहेका सहकारीहरु सबैलाई एउटै हौ भन्ने आधारशिला बनाउन कार्यक्रम आयोजना गरिएको उनको भनाई थियो ।

कार्यक्रममा जीवनज्योती महिला विकास बहुउद्देश्यिय सहकारी संस्थाकी अध्यक्ष पुनम कार्किले बजारमा सुनिरहेका नकारात्मक कुराहरुको निराकरणका लागि सबैले अग्रसर बन्नुपर्ने बताईन । उनले सबै एकजुट बनेर राम्रो सँग काम गर्न सके सहकारीका कुनै पनि दुविधाहरु नरहने बताईन । सदस्यहरुले सहकारी हाम्रो हो, सहकारीप्रति हाम्रो कर्तव्य छ भन्ने कुरा सदस्यले बुझ्न सके कुनै पनि हालतमा सहकारीहरु नडुब्ने उनको भनाई छ ।

कार्यक्रमले गोदावरीका सहकारीहरुको समन्वय तथा एकरुपता बढेको भन्ने सन्देश गएको कार्यक्रमका सभापति एवम् क्लबका नगर संयोजक शेर बहादुर बोगटीले बताए । उनले केही खराब सहकारीका कारण राम्रो चलिरहेको सहकारीमा पनि केही विचलन आउन सक्ने सम्भावना हून्छ की भन्ने त्रासको अवस्थाको अन्त्यका लागि सबैले सचेत बन्न जरुरी हुने बताए ।

कार्यक्रममा गोदावरी नगरक्षेत्रका विभिन्न सहकारीका कर्मचारी एवम् प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन क्लबकी कैलाली सदस्य गौरी चौधरीले गरेकी थिईन ।

 

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.