बैतडी- बैतडीको पाटन नगरपालिका–१० सल्लेबासा घर भएकी २० वर्षीया माधवी भट्ट बेपत्ता भएकी छन् । सोमबार बिहान घरबाट स्याउला काट्न गएकी माधवी त्यसपछि सम्पर्कमा नआएकी उनका आफन्त जयराज भट्टले बताए ।

उनको मोबाइल, हसिया र डोरी घरबाट ३ सय मिटर पर फेला परेको बताइएको छ । उनी हराएको विषयमा प्रहरीमा पनि खबर गरिएको छ ।

घरबाट जाने बेला उनले रातो सुरुवाल र खैरो रंगको स्वीटर लगाएकी थिइन् । उनलाई कसैले फेला पारे नजिकको प्रहरी वा ९८४८४६१६१९ र ९८४८९८५४९४ नम्बरमा खबर गरिदिन आग्रह गरिएको छ ।
