धनगढी आगलागी, डेढ लाख बराबरको क्षती

धनगढी– धनगढी उपमहानगरपालिका –७ रानागाउँमा आगलागी भएको छ। स्थानीय कल्लु रानाको जस्तापाताले छाएको भुईतले कच्ची गोठमा आगलागी भएको हो ।

maya metro hospital

खाना पकाउन बालेको आगोबाट गोठमा रहेको भुसा र परालमा आगो सल्केर आज सोमवार दिउँसो आगलागी हुँदा गोठ सँगै भित्र रहेको भुसा,पराल,काठको कडी,जस्तापाता लगायतका डेढ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

lotus school

उक्त आगलागीबाट गोठ भित्र रहेको एउटा बाख्रा समेत जलेर घाईते भएका छन ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.