सुदूरपश्चिम प्रदेशको धनगढीमा २०५० सालमा स्थापना भएको नवजिवन सहकारी संस्था नेपाल राष्ट्र बैंकबाट सिमित बैकिंङ कारोबार गर्न पाउने गरी अनुमती पाउने नेपालको पहिलो सहकारी संस्था हो । यस अर्थमा नवजिवन सहकारी संस्थाको स्थापनालाई नेपालको सहकारी आन्दोलनको विकासक्रमको एउटा कोसेढुंगाको रुपमा लिन सकिन्छ । नेपालको तुलनात्मक रुपले कम विकसित यस क्षेत्रबाट आरम्भ भएको नवजिवन सहकारी संस्थाले अहिले आएर राष्ट्रिय स्तरमा आफ्नो पहिचान कायम गरि जनस्तरबाट पनि आर्थिक विकाशमा ठुला कामहरु गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिन सफल भएको छ ।
स्थापनाको झण्डै तिन दशकको अवधिमा नवजिवन सहकारी संस्थाले कैलाली, कञ्चनपुर र बर्दिया जिल्लामा स्थानिय तहमा बचत परिचालन गरि आर्थिक कृयाकलाप वृद्धि गर्नमा अग्रिणी भुमिका निर्वाह गरेको छ । कानुनी रुपमा यो संस्था सहकारी भए पनि स्थानिय जनताहरुको यस प्रतिको विस्वास राष्ट्रियस्तरको कुनै वाणिज्य बैंक र विकास बैंक भन्दा कम छैन । यसको प्रमाणको रुपमा स–साना बचतकर्ता देखी ठुला संस्थाहरुले समेत नवजिवन सहकारीमा खाता सञ्चालन र कारोबार गरिरहेकोले दर्शाउँछ । जनताले यस संस्थाप्रति विस्वास गरि कारोबार गर्नका केही कारणहरु छन । पहिलो कुरा त नवजिवन सहकारी संस्था नेपालका अधिकांश सहकारी जस्तो केही व्यक्तिहरुको नियन्त्रणमा छैन ।

यसमा देशभरी फैलिएका झण्डै ३३ हजार सदस्यहरु छन । पूर्ण प्रजातान्त्रिक तरिकाले सञ्चालक समितिको निर्वाचन हुने गर्दछ । अर्काे कुरा सहकारी संस्थाहरुमा आम रुपमा देखिने विकृति संस्थाको वित्तियस्रोत निजिलाभका लागी प्रयोग यस संस्थामा भएको छैन । त्यस्तै संस्थाले स्थापना देखी हालसम्म नियमित रुपमा सदस्यहरुलाई नाफा बाड्न सफल भएको छ । सदस्यहरुले कुनै झन्झट बिना सहज रुपले ऋण लिन पाएका छन । संस्थाको व्यवस्थापन र दैनिक कार्यसञ्चालनको जिम्मा सदस्यहरुका नाता गोताले नभई खुल्ला प्रतिस्पर्धाबाट छनौट भएका कर्मचारीहरु बाट हुने गरेको छ । यस संस्थाले कैलाली, कञ्चनपुर र बर्दिया गरि १० वटा शाखा सेवा केन्द्रहरु स्थापना गरि सेवा सञ्चालन गर्दै आईरहेको छ । अधिकांश स्थानमा आफ्नै भवनबाट कारोबार सञ्चालन गर्दे आईरहेको छ । हाल आएर मोबाईल बैंकिङ सेवा, एटिएम सेवा तथा अन्य विद्युतिय माध्यमबाट कारोबार सुरु गरेको छ ।

संस्थाको अत्तरिया शाखाको स्थापना वि.सं. २०६५ सालमा भएको थियो । यस शाखाले २०८० पौष मसान्त सम्म ७२ करोड निक्षेप संकलन गर्न सफल भएको छ । अत्तरियाक्षेत्रमा मात्र लगभग ४५०० शेयरसदस्य रहेको र शेयर सदस्यहरुको अपार मायाले गर्दा शाखा निरन्तर उचाईमा पुग्न सफल रहेको छ ।
यस संस्थाले विभिन्न कोषहरु मार्फत शेयरसदस्यहरुलाई लाभ पु¥याउने कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न स्थानमा सार्वजनिक पानिधारा, सार्वजनिक शौचालयहरुको निर्माण, विभिन्न संघ संस्था । विद्यालयहरुमा साईकल स्ट्याण्ड निर्माण, शैक्षिक सामग्री हस्तान्तरण जस्ता सामाजिक कार्य गरेको छ । संरक्षित पुँजि फिर्ता कोष मार्फत शेयरसदस्यहरुलाई कारोबारका आधारमा रकम खातामा जम्मा गरिदिने कार्य गरेको छ । बहुउद्देश्यिय कारोबार अन्तरगत किसानहरुलाई बेमौसमी तरकारी उत्पादनमा प्रोत्साहित गर्ने उद्देश्यले तालिमको व्यवस्था गरिराखेको छ । संस्थाले कैलाली जिल्लाको मजगाउँमा आफ्नै जमिन खरिद गरि गोदाम निर्माण गरिसकेको र धान खरिद कार्य निरन्तर गरिराखेको छ । शेयरसदस्यहरु र यस क्षेत्रका जनतालाई लाभ पु¥याउने उद्देश्यले मिल सञ्चालनको प्रकृया अगाडी बढाईसकेको र निकट भविष्यमै नवजिवन सहकारी संस्थाले आफ्नै ब्राण्डको चामल र तेल बजारमा ल्याउने तयारी गरेको छ । त्यसैले यस क्षेत्रको आर्थिक विकासमा नजजिवन सहकारी संस्थाको महत्वपुर्ण योगदान रहेको छ ।
त्यतिमात्रै नभई देशभरका कुल सम्पत्तिको आधारमा हालै सार्वजनिक भएको सहकारीहरुको सुचीमा नवजिवन टप टेनमा पर्न सफल भएको छ । वित्तीय पोस्टले मुलुकमा हाल सञ्चालनमा रहेका ३१ हजार ३ सय ६३ सहकारीमध्ये कूल सम्पत्तिको आधारमा टप टेन सहकारीको सूची प्रकाशित गरेको थियो । जसमा नवजिवन पाँचौ नम्बरमा पर्न सफल भएको छ । सहकारीको कुल सम्पत्ति ६ अर्ब १४ करोड ७५ लाख पुगेको छ । संस्थामा ३३ हजार ६ सय ७७ जना सदस्य आवद्ध छन् ।
संस्थाको सेयर पुँजी २९ करोड ३५ लाख, जगेडा कोष ४१ करोड १ लाख, विभिन्न कोष ८ करोड ३ लाख रहेको छ । संस्थाको कुल बचत ४ अर्ब ७९ करोड १४ लाख र कर्जा लगानी ४ अर्ब ५६ लाख रहेको छ । फागुन मसान्तसम्म संस्थासँग १ अर्ब ३६ करोड (२८.३८) प्रतिशत तरलता रहेको छ । ४३ करोड ३५ लाख संस्थागत पुँजी रहेको नवजीवनबाट ४ हजार ५ सय १६ जनाले कर्जा उपभोग गरिरहेका छन् ।

















