खाेज्नुहाेस

सदस्यको हितमा अग्रसर उदयदेव बहुउद्देश्यिय सहकारी

Image

पछिल्लो केही समय आर्थिक मन्दी र तरलताका कारण सहकारीको अवस्था नाजुक बन्दै गईरहेको छ । सहकारीमा बचत कम हुन थालेपछि सहकारीहरु आर्थिक रुपमा कमजोर बन्दै गईरहेका छन । कतिपय सहकारीहरु त त्यसको चपेटामा परेर बन्द भैसकेको समेत अवस्था छ । तर कञ्चनपुरको भीमदत्त नगरपालिका – १८ महेन्द्रनगरमा प्रधान कार्यालय रहेको उदयदेव बहुउद्देश्यिय सहकारी संस्थाले पनि आर्थिक मन्दीको समयमा पनि सदस्यहरुलाई लगानीको वातावरण प्रदान गर्न सफल भएको छ । सहकारीप्रति सदस्यहरुको आशा र भरोसाालाई कायम राख्दै विभिन्न कठिनाईहरुका समयमा पनि सदस्यहरुको सहयोगीका रुपमा आफुलाई उभ्याउन सफल भएको छ ।

आपसी सहयोग र सामुदायिक हितका लागि सहकारी भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै वि.सं. २०५६ साल वैशाख १६ गते स्थापना भएको सहकारी २५ वर्षसम्म पनि निरन्तर रुपमा अगाडी बढीरहेको छ । यो अवधीमा सहकारीले विभिन्न शाखाहरु मार्फत सदस्यहरु थप्ने र सेवा दिने काम गर्दै आईरहेको छ । हाल महेन्द्रनगरमा रहेको प्रधान कार्यालय सहित सहकारीका सुदूरपश्चिमभर ११ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन । जसमध्ये २ वटा शाखाहरु पहाडी जिल्ला डडेल्धुरा र बैतडीमा रहेका छन ।

attariya hospital

सहकारीले सदस्यहरुमा छरिएर रहेका स–साना रकमलाई बचत गराउने अभिप्रायले दैनिक बचत, उदयदेव बचत, मासिक बचत, आवधिक बचत, व्यक्तिगत बचत, समूह बचत, बाल बचत, पेन्सन बचत लगायतका आवश्यकता अनुसारका बचतका योजनाहरु ल्याएको छ । जसमार्फत निक्षेपमा वृद्धि ल्याउने उद्देश्य राखिएको छ । संस्थाले सामाजिक क्षेत्रमा पनि आफ्नो उत्तिकै सक्रियता देखाएको छ । प्रत्येक वर्ष सुत्केरीका लागि पौष्टिक आहार दिने, सदस्य वा सदस्यको श्रीमानको मृत्यु पश्चात काजक्रिया वाफत रकम दिने, महिला सदस्यका विभिन्न स्वास्थ्य समस्याहरुको उपचारका लागि खर्च दिने, दैविप्रकोप, हावाहुरी वा आगलागीमा परेकाहरुलाई सहयोग गर्ने लगायतका कामहरु सहकारीले गर्दै आईरहेको छ ।

navjiwan hospital

त्यसका साथै संस्थाले सदस्यहरुलाई बीउ उपलब्ध गराउने गरेको छ भने भीमदत्त नगरपालिका – १९ मा रहेको १ विगाहा जमिनमा कष्टम हायरिङ्ग सेन्टर, बीउ प्रशोधन केन्द्र र राईस मिल सञ्चालनमा ल्याएको छ । जसको प्रत्यक्ष फाईदा सदस्यहरुले लिईरहेका छन । सहकारीले सदस्यहरुको उत्पादनलाई बजार मुल्य भन्दा बढी दिएर खरिद गर्ने काम समेत गर्ने गरेको छ । जसका कारण सदस्यहरुको उत्पादनले मुल्य पाईरहेको छ भने सदस्यहरुलाई बजारका लागि भौतारिनुपर्ने अवस्था पनि छैन ।

संस्थाले चालु आर्थिक वर्षमा मात्रै गहुँ मिल सञ्चालन गर्ने, हिउँदे तथा बसन्ते मकैमा उन्नत प्रविधि सहित क्षेत्र विस्तार गर्ने, बिउ उत्पादन कार्यक्रम अन्र्तगत धान तथा गहुँको बीउ उत्पादन गर्ने, सिँचाई पुर्वाधार निर्माण तथा मर्मत सम्भार गर्ने, उन्नत प्रविधि सहित गहुँको क्षेत्र विस्तार गर्ने, चैते धान उन्नत प्रविधि सहित क्षेत्र विस्तार, हरियो मलका लागि मुंग तथाल ढैचा वितरण, साना किसान यान्त्रिकरण, साना सिँचाई पूर्वाधार तथा मर्मत, बीउ उपचार र पोष्टहार्भेष्ट कार्यक्रम, ब्रान्डिङ्ग, प्याकेजिङ्ग तथा लेवलिङ्ग कार्यक्रम लगायतका योजनाहरु अघि सारेको छ । उक्त योजनाहरुलाई पुरा गर्ने लक्ष्यका साथ सहकारी लागिरहेको छ ।

भिडियो