संस्थागत नाफा नभई किसानमुखी नाफामा साना किसान श्रीपुरको ध्यान

पहाडी क्षेत्रका कृषिजन्य उत्पादनले बजार नपाउने समस्या वर्षाैदेखि रहदै आएको छ । सुदूरपश्चिमका पहाडी क्षेत्रका किसानहरुले उत्पादन गरेका कृषिजन्य उत्पादनहरु बजारको अभावका कारण बारीमै कुहिने गरेका समाचारहरु समेत सुनिने गर्दछन । तर, पछिल्लो समय कैलालीको चुरे क्षेत्र र डोटीको विपिनगर क्षेत्रका किसानहरुले भने सहज रुपमा बजार पाइरहेका छन । उनीहरुलाई कैलालीको गोदावरी नगरपालिका – ८ स्याउलेमा रहेको साना किसान कृषि सहकारी संस्था श्रीपुरले बजारको व्यवस्था गरेको छ । जसका कारण किसानहरुले उत्पादन गरेका कृषिजन्य सामग्रीहरु धमाधम बिक्री भैरहेका छन ।

maya metro hospital

केही समय यतादेखि सहकारीले आफ्नो चुरे गाउँपालिकामा रहेको शिवनगर शाखा सँगको समन्वयमा उक्त क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुहरुलाई कैलालीका बजारहरुमा पु¥याईरहेको छ । पहाडी क्षेत्रका किसानका कृषिजन्य वस्तुहरुले मूल्य पाओस भन्नका लागि सहकारीले आफुले जोखिम लिदै आएको हो ।

lotus school

सहकारीमा आवद्ध किसानहरुका उत्पादन खेर नजाउन, किसानहरुले कृषि क्षेत्रमा लगानी गरेकै कारण बेरोजगार बन्न नपरोस भन्नका लागि सहकारी लागिपरेको छ । सहकारीले आफु जोखिम लिएर गरेको कार्यले अहिले प्रतिफल प्राप्त गरिरहेको छ । उक्त कार्यले सहकारीमा आवद्ध सदस्यहरुले मात्रै नभई सहकारीले पनि केही मुनाफा आर्जन गर्न सफल भएको छ । सहकारीको उक्त कार्यले बिचौलियाहरूले एकदमै न्यून मूल्यमा किसानका कृषिजन्य वस्तुहरू लैजाने परिपाटीको अन्त्य भएको छ । सहकारीले संस्थागत नाफा नभई किसानमुखी नाफालाई प्राथमिकता दिइरहेको छ ।

attariya hospital

सहकारीले कृषकका बारिबाटै कृषि उत्पादनहरु खरिद गर्दा कृषकहरुको बजार नपाउने डर हट्नुका साथै उनिहरुको उत्पादनले उचित मुल्य पनि पाईरहेको छ । गत आर्थिक वर्षमा सहकारीले करिब ९० क्विन्टल फलफूल तथा तरकारी तराईक्षेत्रमा बजारमा ल्याएर बिक्री गरिसकेको छ । सहकारीले सिजन अनुसार करिब ८० क्विन्टल सुन्तला र १० क्विन्टल अदुवा पनि ल्याएर बिक्रि गरिसकेको छ । सहकारीले किसानहरूका कृषिजन्य वस्तुहरू बारीमा गएर खरिद गर्ने र बजारमा ल्याएर बेच्ने कार्यलाई निरन्तरता दिने जनाएको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.