किसानमुखी बन्दै साना किसान मालाखेती

कैलालीको गोदावरी नगरपालिका– २ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मालाखेती किसानमैत्री बन्दै गईरहेको छ । किसानहरुलाई आत्मनिर्भर बनाई उनिहरुको समृद्धिमा सहयोग पु¥याउने लक्ष्यका साथ स्थापित सहकारीले किसानहरुलाई सस्तो दरमा ऋण प्रवाह गरी उनिहरुको उत्पादन कार्यलाई बढाउने काम गर्दै आएको छ । साना किसानमा आवद्ध सदस्यहरुलाई एकदमै सस्तो दरमा कृषि ऋण प्रदान गरी उनिहरुको जिवनस्तर माथि उकास्ने आफ्नो लक्ष्यलाई सहकारीले पछिल्लो समय पुरा गर्दै गईरहेको छ । सहकारीले आफुले नाफा कमाउनुभन्दा पनि सहकारीका सदस्यहरुलाई सस्तो दरमा ऋण उपलब्ध गराउने काम गर्ने गरेको हो ।

maya metro hospital

किसानमुखी संस्था भएकाले किसानहरुलाई सहुलियत प्रदान गर्दै गर्दा सहकारीको नाफामा पनि यस वर्ष कमी आएको छ । संस्थामा आवद्ध किसानहरुलाई व्यवसायीक रुपमा अगाडी बढाउनु संस्थाको उद्देश्य रहेको छ । जसका लागि अझै पनि विभिन्न योजनाहरु सहकारीले बनाईरहेको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकिकरण गर्ने, किसानहरुलाई कृषिसम्बन्धी जागरुक बनाउने, कृषिका हरेक कुराहरुको बारेमा कृषकलाई जानकारी दिने लगायतका किसानमैत्री कार्य सहकारीले गर्दै आईरहेको छ । परम्परागत कृषि प्रणालीलाई मोडिफाई गरी आधुनिक प्रविधिमार्फत कृषि कर्म गर्न किसानहरुलाई प्रोत्साहित गर्ने काम सहकारीले गरिरहेको छ । जसका कारण किसानहरुले छोटो समयमा कृषिजन्य उत्पादनमा वृद्धि गर्ने गरेका छन ।

कृषिजन्य वस्तुहरुको उत्पादनलाई वृद्धि गर्नका लागि सर्वप्रथम किसानहरुमा चेतना अभिवृद्धि गर्ने कार्य सहकारीले गरीरहेको छ । जसका कारण साना किसानमा आवद्ध कृषकहरुमा परम्परागत कृषि प्रणालीमा पनि सुधार आएको छ । व्यवसायीक रुपमा मौषमी तथा बेमौषमी कृषि उत्पादनहरु गर्नतिर सहकारीले लगानी गरिरहेको छ । त्यसपश्चात किसानहरुको उत्पादनलाई बजारसँग जोड्न, बजारीकरण गर्न र किसानहरुलाई राम्रो मुल्य प्रदान गराउन सहकारीले आफ्नै संकलन केन्द्र स्थापना गर्ने योजना लिएको छ ।

attariya hospital

त्यतिमात्रै नभई सहकारीले संस्थाका ७ वटा सिद्धान्तमा आधारित भएर कार्यहरु गरिरहेको छ । जसअन्र्तगत जिल्ला संघ सञ्चालनमा भुमिका निर्वाह गर्ने, प्रदेश स्तरिय कृषि सहकारी संघ गठन तथा सञ्चालन गर्ने, सहकारी संस्थाको सुशासनमा सहयोग पु¥याउने, संस्था सुदृढिकरण तथा वित्तिय साक्षरता जस्ता कार्यक्रममा सहभागी हुने लगायत रहेको छन । यस्तै संस्थाको छैटौ सिद्धान्तमा आधारित सामुदायिक अन्र्तगत सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गर्ने, ज्येष्ठ सदस्य सम्मान तथा वृद्ध भत्ता वितरण, पशुधन संरक्षण कार्यक्रम, सदस्य सुरक्षा तथा राहत कोष योजना सञ्चालन, बिज वृद्धि तथचा नश्ल सुधार कार्यक्रम सञ्चालन, रासायनिक मलखाद तथा उन्नत विउविजन वितरण लगायत रहेको छन ।

सहकारीले किसानहरुको व्यवसायीक जोखिम कम गर्न कर्जा बीमा योजना ल्याएको छ भने कृषिजन्य कार्यका लागि प्राविधिक पनि नियुक्त गरेको छ । किसान सदस्यहरुलाई घरमै गएर कृषि तथा पशुस्वास्थ्य सम्बन्धी सेवा दिने काम भैरहेको छ । त्यसका साथै सहकारीले शेयरसदस्यहरुका लागि एग्रोभेट सञ्चालन गर्ने, औषधी लगायतका वस्तुहरु प्रदान गर्ने लगायतका कार्य गर्ने समेत योजना लिएको छ । कृषि क्षेत्रमा काम गरिरहेका किसानहरुलाई अझै उत्प्रेरित गर्न सहकारीले ग्रामिण उद्यम कर्जा प्रणाली सञ्चालनमा ल्याएको छ ।

जसअन्र्तगत कृषि व्यवसायमा आवद्ध सहकारीका सदस्यहरुलार्ई सुलभ रुपमा ९ प्रतिशत व्याजदरमा ऋण प्रदान गरिने भएको छ । उक्त कर्जामा ९ प्रतिशत ब्याजदर भएपनि प्रदेश सरकारले ८ प्रतिशत अनुदान दिनेछ । साना किसान विकास लघुवित्त वित्तिय संस्था लि. सँगको सहकार्यमा प्रदान गरिने उक्त कर्जाले सहकारीमा आवद्ध किसानहरुलाई कृषि कार्य गर्नमा अझ उत्प्रेरणा जाग्ने सहकारीको विस्वास छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.