खाेज्नुहाेस

सदस्यहरुलाई उद्यमी बनाउनेमा जीवनज्योतीको जोड

Image

संस्थामा आवद्ध सदस्यहरुलाई कसरी उद्यमी बनाउने सकिन्छ भन्ने विषयमा जीवनज्योती महिला विकास बहुउद्देश्यिय सहकारी संस्थाले आफ्नो ध्यान केन्द्रित गरेको छ । कैलालीको गोदावरी नगरपालिका – २ मा मुख्य कार्यालय रही नगरकै वडा नं. ११ ओलानीमा शाखा कार्यालय रहेको संस्थाले सहकारीमा आवद्ध सदस्यहरुलाई आत्मनिर्भर बनाउनका लागि उद्यमशिलता तिर ध्यान दिदै आएको हो ।

सहकारीमा आवद्ध सदस्यहरुलाई कुनै न कुनै उद्यममार्फत स्वरोजगार बनाउने योजना सहकारीको रहेको छ । जसका लागि सहकारीले वडा नं. ११ मा रहेको प्रगती महिला विकास बहुउद्देश्यिय सहकारी संस्था सँग एकिकरण पनि गरेको छ । एकिकरण पश्चात सहकारीले नगरका दुरदराजका वडाहरुमा पनि सेवा दिने काम गर्दै आएको छ ।

attariya hospital

संस्थाको बलियो संगठन निर्माण गरी सांगठनिक एवम् व्यवसायीक सक्षमता हासिल गर्न, आर्थिक मन्दी व्यवस्थापनमा सहयोग पु¥याउन, सदस्यहरुलाई दोहोरो ऋणको चपेटाबाट जोगाउन, सदस्यहरुलाई उद्यमशिल र व्यवसायमुखी बनाउन, छरिएर रहेका स्रोत साधनहरुलाई एकिकृत गरी अधिकतम प्रयोग र व्यवस्थापन गर्न पनि एकिकरणले सहकारीलाई मद्दत गरेको छ । सहकारीले सेनेटरी प्याड बनाउने तालिम, खाजा नास्ता बनाउने तालिम लगायतका विभिन्न तालिमहरु सदस्यहरुलाई प्रदान गरिसकेको छ । ति तालिमहरुका माध्यमबाट सदस्यहरुलाई उद्यमी बनाउन मद्दत सकिने सहकारीको ठम्याई छ । त्यसका साथै कृषि कार्यमा आवद्ध महिलाहरुलाई सहजताका लागि माटो परिक्षण गर्ने कार्य गर्दा सहकारीमा आवद्ध सदस्यहरुको कृषीजन्य उत्पादनमा वृद्धि भएको छ ।

navjiwan hospital

२०५९ सालमा २५ जना महिलाहरुद्धारा संकलित १ लाख शेयरपुँजिबाट सुरु भएको सहकारीमा चालु आर्थिक वर्षमा मात्रै ४ हजार शेयरसदस्य र ३ करोड ५० लाख शेयरपुँजि रहेको छ । सहकारीले चालु आर्थिक वर्षमा मात्रै ३० करोडको कारोबार गरेको छ । सहकारीले सचेतना तालीमहरु ल्याउने, संस्थामा आवद्ध सदस्यहरुको आर्थिक स्तरमा बृद्धि ल्याउने, होजियारी कारखाना खोली तयारी सामान उत्पादन र बिक्रि गर्ने लगायतका महत्वपुर्ण योजनाहरु समेत अगाडी सारेको छ । त्यसमार्फत सहकारीमा आवद्ध शेयरसदस्यहरुलाई व्यवसायीक रुपमा उद्यमी बनाउने लक्ष्य सहकारीको छ ।

सहकारीले सदस्यहरुलाई व्यवसायीक तरकारी खेतीका लागि विउविजन वितरण गर्ने, व्यवसायीक बाख्रा पालनका लागि उन्नत जातका बोका वितरण गर्ने, किसाहरुलाई सिँचाईका लागि १५ थान मोटर जडान गर्ने, विभिन्न जनचेतना मुलक कार्यक्रमहरु, महिलाहरुलाई पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य (क्यान्सर) परिक्षण, कानुनी सचेतना, वित्तिय साक्षरता कार्यक्रम तथा विपन्न वर्गका बालबालिकाहरुलाई छात्रवृत्ति, पोशाक, झोला लगायतका सामग्री वितरण गर्ने कार्यहरु गर्दै आएको छ ।

भिडियो