सदस्यलाई आत्मनिर्भर बनाउन अग्रसर सृजनशील 

maya metro hospital
कैलालीको गोदावरी नगरपालिका – ८ मा रहेको सृजनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था सदस्यहरूलाई आत्मनिर्भर बनाउन अग्रसर बनेको छ । संस्थाले सेयरसदस्यहरलाई स्वरोजगार बनाई उनीहरूको जीविकोपार्जनमा सहजता ल्याउने किसिमका विभिन्न योजनाहरू अघि सारेर काम थालिरहेको छ । सोही अनुसार संस्थाले सङ्कलन केन्द्र र डेरी सञ्चालनमा ध्यान दिन थालेको छ । साना कृषि कार्यहरू गरिरहेका महिलाहरूलाई सोही क्षेत्रमा बढी आत्मनिर्भर बन्ने बाटो खुल्ला गर्न सहकारीले गाई तथा भैँसी पालन व्यवसाय र तरकारी खेतीलाई ध्यानमा राखी सङ्कलन केन्द्र र डेरीको अवधारणामा काम गरिरहेको हो ।
lotus school
attariya hospital
महिलाहरूलाई आत्मनिर्भर बनाई उनीहरूको जीविकोपार्जनमा सहजता ल्याउने उद्देश्यले सहकारीले चालु आर्थिक वर्षमा उक्त योजना बनाएको हो । उक्त योजना अन्तर्गत महिलाहरूलाई कृषि क्षेत्रमार्फत नै आत्मनिर्भर बनाउने सहकारीले लक्ष्य लिएको छ ।
४५ जना महिला सदस्यहरूले प्रतिव्यक्ति रु. १ सयका दरले शेयर सङ्कलन गरी जम्मा ४ हजार ५ सय सेयर पुजीबाट सञ्चालीत भएको सहकारीले पछिल्लो समय महिला सदस्यहरूको जीविकोपार्जन र आत्मनिर्भरका क्षेत्रमा काम गरिरहेको छ । सहकारीले आर्थिक वर्ष २०७९/०८० मा मात्रै सदस्यहरूले उत्पादन गरेको तोरी सङ्कलन गरी त्यसबाट निकालिएको तेल सेयरसदस्यहरुलाई प्रदान गर्ने काम गरेको छ । २०५९ सालमा स्थापना भएको सहकारीले महिलाहरूको आर्थिक स्तरोन्नति र आत्मनिर्भरतालाई आफ्नो मुख्य लक्ष्य बनाएको छ । सोही अनुसार प्रत्येक वर्ष महिलामुखी कार्यहरू सहकारीले गर्दै आइरहेको छ ।
महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि उनीहरूको आयआर्जनमा वृद्धि गर्न आवश्यक रहेकाले सहकारीले सदस्यहरूको आयआर्जनमा बढी फोकस गरिरहेको छ । त्यसका लागि महिलाहरूले उत्पादन गरेका कृषिजन्य वस्तुहरूको उचित मूल्य दिन र बजारीकरण गर्न सङ्कलन केन्द्रको धारणा सहकारीले अघि सारेको हो । त्यसका साथै पशुपालन गर्ने महिला सदस्यहरूको सहजताका लागि डेरी पनि सञ्चालन गर्ने लक्ष्य सहकारीको छ ।
महिलाहरू आत्मनिर्भर बन्ने बाटो भनेको कृषि र पशुपालन हो । त्यसमा बजारको अभाव र दूर दराजका बस्तीहरू भएकाले उक्त सहकारीका सदस्यहरूले समस्या खेप्नुपरिरहेको छ । सदस्यहरूको त्यस्तो समस्याको निराकरणका लागि सहकारीले योजना बनाएको हो । त्यसकै लागि चालु आर्थिक वर्षमा त्यो कार्यलाई कसरी पूर्ति गर्न सकिन्छ भन्ने तिर सहकारीले फोकस गरेको छ । सहकारीले विगत देखी नै महिलाहरूलाई आत्मनिर्भर बनाउने योजनाहरू बनाउँदै आएको छ । जसका माध्यमले हाल सहकारीमा आबद्ध करिब ६० प्रतिशत भन्दा बढी सदस्यहरू आत्मनिर्भर बनिसकेको सहकारीको तथ्याङ्क छ ।
सहकारीले नगरकै दूर दराजमा रहेको चाप, सल्ली, नायल तथा सेहरी र धनचौरी लगायतका स्थानहरूमा पनि सेवा दिँदै आइरहेको छ । त्यसबाहेक सहकारीले पछिल्लो वर्षमा महिलाहरूका लागि निःशुल्क प्रजनन स्वास्थ्य शिविर, वित्तीय साक्षरता तालिम, सुत्केरी सदस्यहरूलाई सुत्केरी पोषण खर्च, सदस्य र सदस्यका श्रीमानको मृत्युमा मृत्यु राहत खर्च, सदस्यहरूलाई रासायनिक तथा जैविक मल उपलब्ध गराउने लगायतका कामहरू गरेको छ । जसबाट प्रत्यक्ष रूपमा सहकारीमा आबद्ध सम्पूर्ण सेयर सदस्यहरूले फाइदा लिएका छन् ।
भिडियो
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.