आयरल्यान्ड ‘ए’ माथि नेपाल ‘ए’ को रोमाञ्चक जित

काठमाडौँ- नेपाल ‘ए’ ले सोमबारको तेस्रो तथा अन्तिम टी-२० खेलमा आयरल्यान्ड ‘ए’ माथि ३ रनको रोमान्चक जित हात पारेको छ ।

maya metro hospital

तीन खेलको टी-२० शृंखला भने आयरल्यान्डले २-१ ले जित्यो । पहिलो र दोस्रो खेलमा आयरल्यान्ड विजयी भएको थियो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्डले २० ओभरमा सात विकेट गुमाएर दुई सय १० रनमात्र बनाउन सक्यो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.