नेपालले आयरल्यान्डलाई दियो २१४ रनको लक्ष्य

काठमाडौँ- आरिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपाल ए ले तेस्रो तथा अन्तिम टी-२० खेलमा आयरल्यान्ड ए लाई २१४ रनको बलियो लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनायो ।

maya metro hospital

नेपालका लागि आरिफ शेखले अविजित ९३ रनको योगदान गरे । रासिद खानले २४ रन बनाए । कमलसिंह ऐरीले पनि टोलीको खातामा अविजित १९ रन थपे । बसिर अहमदले १९ रन बटुले । पवन सर्राफले १३ रन जोडे । कप्तान विनोद भण्डारी ११ रन बनाउँदै आउट भए

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.