६ किलो चरेशसहित महिला पक्राउ

काठमाडौँ- एक महिला ६ किलो चरेशसहित पक्राउ परेकी छिन् । बर्दियाको बढैयाताल गाँउपालिका–२ नेपाल भारत सीमा क्षेत्रबाट ६ किलो चरेशसहित ४५ वर्षीया आशा राईलाई पक्राउ गरेको सशस्त्र प्रहरी बलले बताएको छ ।

maya metro hospital

दाङको लमही नगरपालिका–१ बस्ने राई चरेश बोकेर भारततर्फ जाँदै गरेको अवस्थामा बर्दियाको फुटाहास्थित बोर्डर आउट पोस्ट (बीओपी) ले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

राईलाई चरेशसहित सशस्त्र प्रहरी बलले नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.