यूएस ओपन अन्तर्राष्ट्रिय कराँतेमा एरिकालाई स्वर्ण

काठमाडौँ- नेपालले यूएस ओपन अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण पदक जितको छ । नेपालकी एरिका गुरुङले अमेरिकाको टेक्ससमा जारी प्रतियोगितामा २१ वर्षमुनिको इलाइट महिला ६८ किलोमाथि तौल समूहमा स्वर्ण पदक जितेकी हुन् ।

maya metro hospital

फाइनलमा उनले आयोजक अमेरिकाको खेलाडीलाई पराजित गरेकी थिइन् । चीनमा गएको असोजमा भएको १९औँ एसियाली खेलकुद (एसियाड)मा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल एरिका यूएस ओपन अन्तर्राष्ट्रिय कराँतेको ६८ किलोमाथि (सिनियर) खुलातर्फ पनि फाइनलमा पुगेकी छन् ।

lotus school

नेपालका अर्का खेलाडी विप्लभलाल श्रेष्ठ पुरुष ८४ केजी मुनि तौल समूहको सेमिफाइनलमा पराजित भएका छन् ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.