खाेज्नुहाेस

सुनको मूल्य अहिलेसम्मकै उच्च

Image

काठमाडौँ- सोमवार तोलामा १६ सय रुपैयाँले बढेर सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको छ ।

navjiwan hospital

रुस–युक्रेनबीचको युद्ध, लगानीकर्ताको सुनमा आकर्षण तथा डलरको भाउ बढेका कारण सुनको मूल्य पनि पछिल्ला दिनमा उच्च हुँदै गएको महासङ्घले जनाएको छ । नेपालमा अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर मूल्य निर्धारण गरिन्छ ।

attariya hospital

आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर १ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।