सुदूरपश्चिमका ४ सहित २६ निर्माण कम्पनीलाई स्पष्टीकरण सोधियो

काठमाडौँ- सरकारले २६ वटा निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ । सुदूरपश्चिमका ४ सहित २६ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्नुअघि ७ दिने स्पष्टीकरण सोधेको हो ।

maya metro hospital

सुदूरपश्चिमका युसब कन्स्ट्रक्सन डडेल्धुरा, कालिका निर्माण सेवा बित्थडचिर गाउँपालिका-४ बझाङ, तुल्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स दिपायल सिलगढी नगरपालिका-७ डोटी र वेस्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सन प्रालि बडीमालिका-८ बाजुरालाई स्पष्टीकरण सोधिएको छ ।

विभिन्न सार्वजनिक निकायले २६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेका थिए । कार्यालयले सुरुमा ३० दिनभित्र स्पष्टीकरण पेश गर्न सूचना पठाएकोमा स्पष्टीकरण नआएपछि पुनः अन्तिम मौका दिइएको जनाएको छ । ७ दिनको अवधिमा पनि स्पष्टीकरण नआए कालोसूचीमा राखिनेछ ।

attariya hospital

2024-04-01-12-09-29-gopa-chait-19-19

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.