कञ्चनपुरको एक गाई गोठमा आगलागी

अत्तरिया- कञ्चनपुरको एक गाई गोठमा आगलागी भएको छ । शुक्लाफाँटा नगरपालिका-१० झलारीका जितराम चौधरीको काठले बनेको कच्चि गाई गोठमा आईतबार साँझ आगलागी भएको हो ।

maya metro hospital

आगलागीबाट गोठ भित्र रहेका काठ लगायतका सामानहरु गरी अन्दाजी ७५ हजार मूल्यको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ । आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको बताइएको छ ।

आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको र प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.