कैलालीबाट ४ फरार प्रतिवादी पक्राउ

अत्तरिया – कैलालीबाट प्रहरीले ४ फरार प्रतिवादी पक्राउ परेको छ । आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले ४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

maya metro hospital

पक्राउ पर्नेमा चोरी मुद्दामा १२ हजार ५ सय जरिवाना ठहर भएका कैलारी गाउँपालिका – ६ का अशोक चौधरी, बिना ईजाजत वन पैदावार काटी ओसार पसार मुद्दामा ५ हजार ३६ रुपैयाँ जरिवाना ठहर भएका कैलारी गाउँपालिका – ६ का राम कुमार चौधरी, चोरी मुद्दामा २५ दिन कैद सजाय ठहर भएका जानकी गाउँपालिका – ८ का प्रेम चौधरी र चोरी मुद्दामा २५ दिन कैद सजाय ठहर भएका जानकी गाउँपालिका – ८ का शिवराज चौधरी रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.