कञ्चनपुरका एक लाख बढीको अवैध सामान फेला

अत्तरिया- कञ्चनपुरका एक लाख बढीको अवैध सामान फेला परेको छ । भीमदत्त नगरपालिका-११ चौकीसत्तामा अन्दाजी १ लाख ३ हजार ७५४ मूल्यको समान बेवारिसे अवस्थामा फेला परेको हो ।

maya metro hospital

उक्त मूल्यका चिटकनी, चरीको बिउ, गाडीको स्प्रे, काजु, लिज्जत पापड, किरानाका सामान र हार्डवेयरका सामानहरु बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.