कञ्चनपुर- कञ्चनपुरको एक सिलाइ सेन्टरमा आगलागी भएको छ । भीमदत्त नगरपालिका-२ मा रहेको बलबहादुर छिनालको बम्वै टेलर्स सिलाइ सेन्टरमा शनिबार राति आगलागी भएको हो ।

बिजुलीको तार सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीबाट पसलभित्र तयारी अवस्थामा रहेका कोट, सर्ट, पाइन्ट, कुर्ता सुरवाल लगायतका करिब एक लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको अनुमान छ ।

आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
















