खाेज्नुहाेस

लघुवित्त कर्मचारी मञ्च बौनियाद्धारा साक्षरता कार्यक्रम आयोजना

Image

कैलाली – लघुवित्त कर्मचारी मञ्च बौनियाको आयोजनामा शनिबार वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । वित्तीय साक्षरता सम्बन्धी र्यालि सहित साना किसान कृषि सहकारी संस्था बौनियाको सभाहलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रम लम्कीचुहा नगरपालिका गुलरा, घोडाघोडी नगरपालिका साडेपानी र बर्दगोरिया गाउँपालिमा शाखा कार्यालय रहि कार्य क्षेत्र रहेका विभिन्न लघुबित्त हरुमा कार्यरत कर्मचारी सहित सेवाग्राहिहरुको सहभागिता रहेको थियो । -यालीमा ‘बचतको सुरक्षा गरौ, योजनाबद्ध बचत गरौ’, ‘भबिष्य सुनिश्चित बनाऔं , वित्तीय साक्षरता अभियान सफल पारौ, कर्मचारी माथि दुर्ववहार गर्न पाइदैन नारा लेखिएका प्लेकार्ड बोकिएका थिए ।

attariya hospital

नैन बहादुर बिष्टको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा हिमालयन लघुवित्तका शिवराज उपाध्याय, एनआइसि एसिया लघुवित्ताका प्रदेश प्रमुख लभ शुदन सिंह, स्वरोजगार लघुवित्तका अनुगमन प्रमुख विजय नारायण ठाकुर, इन्फिनिटि लघुवित्तका अनुगमन प्रमुख बिनोद भट्टराई लगायतले वित्तीय शाक्षरता , लघुवित्तले गर्ने काम, कर्जा लिदा ध्यान दिनुपर्ने कुरा , समयमा कर्जा नतिर्दा हुने अप्ठ्यारो, कर्जाको सदुपयोग गर्ने तरिकाका बारेमा जानकारी गराएका थिए।

navjiwan hospital

कार्यक्रममा बोल्दै बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द बिकले लघुवित्त हरुले कर्जा लगानी गर्नमा मात्र ध्यान नदिएर सेवा प्रवाह र सामाजिक कार्यमा समेत सक्रिय हुँदै जानुपर्ने कुरामा जोड दिए। उनले सेवाग्राहीहरुले कर्जा लिदै गर्दा भबिष्यमा आफुले कर्जा तिर्न सक्ने आधार हेरेर मात्र कर्जा लिन आग्रह गरे ।

कार्यक्रममा प्रमुख अतिथि रहेका बर्दगोरिया गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले लघुवित्तहरु दैनिक गुजारा गरेर बस्ने आम जनसमुदायको सुख दुखको सारथि रहेको बताए । उनले कर्जा मिनाहा हुने भ्रममा दुर्गा प्रसाईं जस्ता गलत व्यत्तिहरुका पछाडि नलाग्न समेत आग्रह गरे।

लघुवित्त कर्मचारी मञ्च बौनियाका अध्यक्ष दुर्गा दत्त जोशिको अध्यक्षतामा कार्यक्रममा १८ वटा लघुवित्तका शाखामा कार्यरत कर्मचारी र सेवाग्राहीहरुको सहभागिता रहेको थियो । मञ्चले केही दिन अगाडि रक्तदान कार्यक्रमको समेत आयोजना गरेको सुर्योदय वोमि लघुवित्त वित्तिय संस्था गुलरा शाखाका शाखा प्रनुख मोहन बहादुर गुर्धामीले जानकारी दिए।