खाेज्नुहाेस

कैलाली प्रिमियर लिगकाे उपाधि आलिताललाई

Image

धनगढीमा सम्पन्न दाेस्राे संस्करणको कैलाली प्रिमियर लिग अन्तरपालिका टि-२० क्रिकेट प्रतियाेगिताकाे उपाधि डडेल्धुराकाे आलिताल गाउँपालिकाले जितेकाे छ। शनिबार सम्पन्न फाइनल भिडन्तमा डडेल्धुराकै परशुराम नगरपालिकामाथि १ विकेटको राेमाञ्चक जित निकाल्दै आलितालले उपाधि रक्षा गर्‍यो । उपाधिसंगै आलितालले २ लाख पुरूस्कार पायाे भने परशुरामले १ लाखमा चित्त बुझायाे।

navjiwan hospital

आलितालका दिलबहादुर बाेहरा म्यान अफ द सिरिज,परशुरामका राज बिक बेस्ट ब्याटर,कृष्ण विष्ट बेस्ट बलर र परशुरामकै अर्जुन बिक उदयीमान खेलाडी भए।

attariya hospital

विजेता,उपविजेता र अन्य खेलाडीहरूलाई नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द,परशुराम नगरपालिकाका मेयर भरत बडायर जाेशी,आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशी,क्यानका केन्द्रीय सदस्यद्वय धिरेन्द्र सावद र विरेन्द्र चन्दलगायतले पुरूस्कार वितरण गरे ।